ब्रेकिंग न्युज

कपिलवस्तुको शिवराजवाट ठुलो परिणाममा लागु औषध चरेस वरामद, ३ जना प्रहरी नियन्त्रणमा



कपिलवस्तु, २ चैत्र । कपिलवस्तु  प्रहरीले जिल्लाको शिवराज नगरपालीकाबाट ठुलो परिणाममा लागु औषध चरेस वरामद गरेको छ । प्रहरीले विशेष सुराकीका आधारमा शिवराज नगरपालीकाको रहतकोटवाट आज विहान साढे ९ वजे चरेस सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।  प्रहरीले १८ कि लो चरेस सहित दाङ र रोल्पाका ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रकाउ पर्नेमा दाङ जिल्ला हसिपुर गाँउपालीका वडा नं ३ का ३१ वर्षिय रङतुल मिया, राप्ती गाँउपालीका वडा नं १ लालमटिका ४१ वर्षिय जितमान मिया र रोल्पा जिल्ला सुनछहारी गाँउपलीकाका वर्ष ४१ का जीपि वुढा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनु भयो । प्रहरीले थप अनुसन्धान जारी रहेको छ ।

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६