ब्रेकिंग न्युज

कपिलवस्तुमा क्वारेन्टाइन बसेका ५ जनालाई घर पठाइयो,१० स्थानिय तहमा १ सय ७७ जना क्वारेनटाइनमा



चन्द्रौटा,१७ चैत ।कपिलवस्तुका क्वारेन्टाइनमा बसेका ५ जनालाई आज घर पठाइएको छ । जिल्लाको शिवराज नगरपालिकाले निर्माण गरेको क्वारेनटाइन वाट १ जना र यशोधरा गाउँपालिकावाट ४ जनालाई डिस्चार्ज गरिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले घर पठाइएको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो ।यता जिल्लाका १० स्थानिय तहमा  १ सय ७७ जना नागरिकहरुलाई क्वारेनटाइनमा राखिएको छ । एक दिन अघि जिल्ला भर जम्मा ८५ जना रहेका थिए ।रोजगारीको लागि छिमेकी मुलुक भारत तथा खाडि मुलुक वाट आएका नागरिकहरुलाई सिधै क्वारेनटाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो ।

    जनप्रतिनिधि र प्रहरी लगाएर विदेश वाट आएका नागरिकहरुलाई खोजि खोजि क्वारेन्टाइन राखिएको छ ।जिल्लाको भारतसँग जोडिएको कृष्णनगर नगरपालिकाको क्यारेन्टाइनमा सबै भन्दा धेरै ४४ जना रहेका छन् । त्यस्तै महाराजगंज नगरपालिकामा ३  जना,शिवराज नगपालिकामा १० जना,वाणगंगा नगरपालिकामा १ जना,बुद्धभुमी नगरपालिकामा ४ जना, कपिलवस्तु नगरपालिकामा १९ जना रहेको छन् । विजयनगर गाउँपालिकामा ४० जना,मायादेवी गाउँपालिकामा २७ जना,यशोधरा गाउँपालिकामा २ जना र शुद्धोधन गाउँपालिकामा २७ जना रहेको पौडेलले बताउनुभयो । क्वारेन्टाइन कक्षमा रहेका नागरिकहरुको अवस्था सामान्य रहेकोले आइसुलेसनमा राख्ने अवस्था नरहेको उहाँले बताउनुभयो । जिल्लामा ८ वटा आइसुलेसन वेड तयार पारिएको छ ।क्वारेन्टाइनमा रहेका अधिकांश नागरिकहरु भारतवाट नेपाल फर्किएका रहेका बताउनुभयो । उनीहरुलाई खाना बस्न र चिकित्सको निगरानीमा राखीएको पौडेलले बताउनुभयो । जिल्ला प्रशासनका अनुसार सोमवार साझ सम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६