ब्रेकिंग न्युज

चन्द्रकान्त न्यौपानेमाथिको कारवाहीमा पुन :७ रेडियोको साझा प्रतिवद्धता, प्रगतीशिल पत्रकार संघ र जनमोर्चाका समाचार बहिस्कार गर्ने घोषणा



कपिलवस्तु २९ चैत्र  कपिलवस्तुका ७ सामुदायिक रेडियोले कारवाहीमा परेका एकोरावका कपिलवस्तु संयोजक चन्द्रकान्त न्यौपाने माथिको कारवाहीको पक्षमा पुन जोडदार प्रतिवद्धता जनाएका छन् । एकोराबका जिल्ला संयोजकको जिम्मेवारी पाएर पनि अराजकता मच्याएर जिल्लाका रेडियोहरु विरुद्ध खनिने र भ्रामक आरोप प्रत्यारोप लगाउने चन्द्रकान्त न्यौपानेलाई यथाशीघ्र संयोजकबाट हटाउन एकोराब प्रदेश ५ लाई माग गर्दै तत्काल मायादेवी अनलाईन तथा रेडियोलाई समाचार संशोधन तथा खण्डन गर्न आग्रह गर्दछौ ।

    उक्त ज्ञापन पत्र सबै सामुदायिक रेडियोको साझा प्रतिबद्धता भएको पुनः सम्बन्धित सबैलाई स्मरण गराउदछौं भनिएको छ । मिति २०७६ चैत २७ गते प्रगतिशील पत्रकार संघ नेपाल कपिलवस्तुले जिल्लाका सामुदायिक रेडियोहरुले मिति २०७६ चैत २६ गते एकोराबको प्रदेश ५ लाई बुझाएका ज्ञापन पत्र बारे जारी गरेको प्रेस विज्ञप्ती तथा चैत २९ गते मायादेवी अनलाईनले सामुदायिक रेडियो बुद्ध आवाजका व्यवस्थापक भेषराज पाण्डे तथा बाणगंगा रेडियोका व्यवस्थापक गणेश पोख्रेललाई कारवाही गर्ने बारेको समाचार प्रकाशन भएको विषयमा हामी जिल्लाका सातै वटा सामुदायिक रेडियोको गम्भीर ध्यानाकर्षण भएको छ ७ रेडियोद्धारा जारी भएको विज्ञप्तीमा उल्लेख छ । 

        विज्ञप्तीमा अगाडी मिडियाको विकासमा महत्वपूर्ण योगदान दिएको प्रगतिशील पत्रकार संघले सामुदायिक रेडियोहरुको स्वायत्तता र स्वतन्त्रता विरुद्ध धावा बोलेको हामीले महशुस गरेका छौ । हाम्रो निर्णयलाई हास्यास्पद भन्ने प्रगतिशील पत्रकार संघलाई सामुदायिक रेडियोका जायज माग भन्दा पनि पित पत्रकारिता गरिरहेका रेडियो मायादेवीका व्यवस्थापक चन्द्रकान्त न्यौपानेलाई संगठनको व्यक्ति भन्दै ढाकछोप गर्नुले प्रगतिशिलको पत्रकारिता उदांगिएको छ । तर्सथ स्वतन्त्र सामुदायिक रेडियोहरु विरुद्ध प्रगतिशिल पत्रका संघले लगाएको लान्छना र आरोपहरु सहित विज्ञप्ती फिता नलिए सम्म प्रगतिशिल पत्रकार संघ र त्यसको माउपार्टी राष्ट्रिय जनमोर्चाको सम्पुर्ण समाचारहरु बष्हिकार गर्ने निर्णय गर्दछौ ।यसै गरि मायादेवी अनलाईन तथा मायादेवी रेडियोले प्रकाशन प्रशारण गरिएको पाण्डे र पोख्रेल सम्बन्धी समाचारको खण्डन गर्दछौ भनिएको छ । 

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६