ब्रेकिंग न्युज

कतार एयरवाट फर्किएका माधव फेला परे ,क्वारेण्टाइन पठाइयो , संक्रमित यूवती चढेको प्लेनमा नआएको पुष्टि



 
कपिलवस्तु ४ बैशाख कपिलवस्तुको बाणगंगा ९ ठेगाना भएका माधव पौडेललाई कतार एयरवाट चैत्र ४ को फलाइटमा कोरोना संक्रमित युवतीसंगै आएको भनेर प्रहरी मार्फत तीव्र खोजी हुदा उहा संपर्कमा आउनु भएको छ । उहालाई बाणगंगा नगरपालिकाको वडा नं ५ स्थित कोपवाको क्वारेण्टाइनमा राखिएको उहाका दाजु लेखनाथ पौडेलले वताउनु भयो । हाल आएको २९ दिन भएको र सबै स्वास्थ्य अवस्था कुशल रहेको दाजु लेखनाथको दाविछ । १४ दिन सम्म होम क्वारेण्टाइनमा रहेका पौडेललाई प्रहरीले कतार एयरवाट कोरोना संक्रमित युवतीसंग आएको भन्दै हेड क्वाटरले खोजीको सूचीमा राखेर कपिलवस्तु प्रहरीमा पठाएको थियो । प्रहरीले शुरुमा खेजी गर्दा पत्ता लगाउन नसकेपछि खोजीदिन सबैमा आग्रह गरेको समाचार प्रेसपाटीमा सार्वजनिक भएको थियो ।
    प्रेसपाटीमा समाचार आएपछि उहा पौडेललाई स्थानीय जनप्रतिनिधीका रोहवरमा क्वारेण्टाइन पठाइएको थियो । युवती आएको प्लेन भन्दा २ घण्टा पहिले ६३७ नम्वरको अर्कै प्लेनवाट आफू नेपाल फर्केको र क्वारेण्टाइनमा वसेर १४ दिन सम्म घर वाहिर ननिस्कीएको क्वारेण्टाइनवाटै टेलिफोन संपर्कमा माधवले प्रेसपाटीलाई जानकारी दिनु भयो । उहाले म स्वस्थ्य छु कुनै रुघाखोकी ज्वरो र कुनैपनि संकेत छैन तर मेरो विषयमा सुरक्षा निकाय धेरै तात्तिएर खोजी शुरु गरेपछि होम क्वारेण्टाइनवाट नगरपालिकाको क्वरेण्टाइनमा आएको छु उहाले भन्नु भयो ।
     समाचारका कारण मेरा आफन्त इष्ट मित्र त्रसित हुनु भएको भए मेरो कुशलताको समाचार फेरी हेरेर पढेर ढुक्क हुनुहोस उहाले प्रेसपाटी मार्फत आफ्नो भनाई राख्नु भएको छ। यता प्रहरी निरिक्षक अयुष प्रसाद जोशीले समयमै सही सूचना प्रहरीले पाउन नसक्दा थोरै भ्रम श्रृृृृजना भएको वताउनु भयो । चिकित्सकले स्वास्थ्य अवस्था ठीक ठाक भएको चेकजाँच गरेर द्रुत परिक्षण रिपोर्ट आएपछि उहालाई क्वारेण्टाइनवाट फिर्ता गरिने बाणगंगाका स्वास्थ्य इन्चार्ज ठगराज पौडेलले जानकारी दिनु भयो ।  

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६