कपिलवस्तु १३ वैशाख ।प्रथम कम्युनिष्ट प्रधानमन्त्री ,जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारीको २१ औं स्मिृती दिवसको अवसरमा नेकपा कपिलवस्तुले प्रेस विज्ञप्ती जारी गर्दै उहाँ प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आदर्श ब्यक्तित्व, नेपाली कम्युनिष्ट आन्दोलनका योद्धा स्व. मनमोहन अधिकारी प्रति श्रद्धा सुमन प्रकट गर्दछौं भनिएकोछ ।
नेपालीका प्रिय नेता रुपमा चिनिने वृद्धहरुका लागि सामाजिक सुरक्षा भत्ता दिने र आफ्नो गाउँ आफै बनाउ अभियानलाई शुरुवाती गर्ने नेताका रुपमा पनि उहाँको पहिचान बनेको छ जारी विज्ञप्तीमा भनिएको छ ।मलाई देशको प्रधानमन्त्री भन्दा असल मानिस भनेर चिनी दिए पुग्छ ? यस्तो विचार राख्ने ,सादा जीवन, उच्च विचारलाई आत्मसाथ गर्ने निस्कंलक ब्यत्तित्व श्रिदेय क. मनमोहन अधिकारीको यो विचार वर्तमान समयमा पनि सबै कम्युनिष्ट पार्टी कार्यकर्ताका लागि मन छुने निकै मार्मिक शब्दका रुपमा परिचित छ ।
स्व. मअधिकारी वि.स. १९२० सालमा काठमाण्डौंको लाजिम्पाटमा जन्मनु भई वि.सि. २०५६ सालमा काठमाण्डौंमै निधन भएको हो । स्व. मनमोहन अधिकारी पंचायत विरुद्ध कडा रुपमा उभिदै बहुदलको पक्षमा अग्र मोर्चामा हुुनु हुन्थ्र्यो ।
प्रतिक्रिया