ब्रेकिंग न्युज

प्रहरी उपरिक्षकको आदेश इन्सपेक्टरद्धारा खारेज, गैरकानुनी काममा अनौठो संलग्नता पुष्टि



कपिलवस्तु १७ बैशाख कपिलवस्तुमा गैर कानुनी काम रोक्न र कानुनको दायरामा ल्याउन प्रहरी उपरिक्षक दिप शमसेर जवराले गरेको आदेश एक प्रहरी निरिक्षकले खारेज गरेको तथ्य पुष्टि भएको छ । लकडाउनका बेलामा रुपन्देहीको कञ्चन गाउपालिकावाट दाङकालागि अनुमति लिएर नदीजन्य सामाग्री ढुवानीकालागि हिडेको सवारी साधन कपिलवस्तुमा सामाग्री लोड गरेको अवस्थामा पक्राउ परेको थियो । बुधवार विहान कपिलवस्तु नगरपालिका ९ स्थित एक डम्पीङवाट वालुवा लोड गरेको अवस्थामा उक्त टिप्पर फेला परकोहो ।एकातिरको पास लिएर अर्केतिरवाट सामाग्री उठाउने  ना ८ ख २७०७ नम्वरको टिप्पर रहेकोछ । 

  विवरण अनुसार स्थानीय पालिकावाट दाङको पास लिएर आएको टिप्परले कवनपा ९ निग्लीहवामा पुगेर नदी डम्पीङ गरेको वालुवा उठाएर हिड्दै गरेका वखत स्थानीय वडाध्यक्ष शिव वाग्लेले फेला पारेपछि कागजात माग गर्नु भएको थियो । कागजातमा कञ्चन  गाउपालिकाले दाङवाट ढुवानीका अनुमति दिएको भेटिएको छ ।तत पश्चात वाग्लेले जहदी स्थित प्रहरी कार्यलयमा खवर गरेको वताउनु भयो । 

        घटना स्थलमा प्रहरी आई सकेपछि  प्रहरी उपरिक्षक जवरालाई फोन गरेर पास एकातिर काम अर्केतिर भएको जानकारी स्थानीय प्रहरीले दिएको वताइएकोछ । एसपी जवराले उक्त टिप्पर तौलिहवा पठाउन जहदी  प्रहरीका सहायक निरिक्षक अमर वहादुर बस्नेतलाई आदेश दिएको  स्वयम जहदी प्रहरीकै भनाइछ । तर त्यसको एकैछिन पछि पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले उक्त टिप्परलाई नरोक्न र जहाजान खोजेको हो पठाउन आदेश दिएको  प्रत्यक्षदर्शी  वडाध्यक्षले प्रेसपाटीलाई वताउनु भयो । यता घटना के हो भनेर  जहदी स्थित चौकीका प्रहरी सहायक निरिक्षक अमर बहादुर थनेतले जानकारी लिन खोज्दा हामी हामी तल्लो तहका प्रहरी हौं च्यानल अनुसारको आदेश मान्नु पर्छ हाम्रो सिधा कमाण्ड पिपरासंग हुन्छ । त्यसैले मैले निरिक्षकको आदेश पालना गरे भन्ने जानकारी दिनु भयो । प्रहरी उपरिक्षकवाट तौलिहवा पठाउनु भन्ने आदेश आएको हो भन्ने प्रश्नमा एसपी साहवले तौलिहवा पठाउन भन्नु भयो । केहिछिन पछि पिपरावाट इन्सपेक्टर साहवले छाडिदिन भन्नु भयो ।

    मैले पछिल्लो आदेश चेकअफ कमाण्डका आधारमा मान्नु परयो उहाले स्पष्ट पार्नु भयो । यता प्रहरी उपरिक्षक जवराले जहदीले आफूलाई जानकारी दिएको वताउनु भयो । एक जिल्लावाट अर्काे जिल्लामा ढुवानी गर्दा स्थानीय पालिकाले पास दिन मिल्दैन सोही अनुसार कारवाही अघि वढाउन भनेको हुँ अरु मलाई थाहा भएन भन्नु भयो । उहाले विकास निर्माणका काममा  सहजता पुराई दिन प्रहरी तयार छ तर विधी र प्रकृया अनुसार आउनु परयो उहाले  भन्नु भयो । यता जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज कुमार शैनीले स्थानीय पालिकाले पास जारी गर्ने काम नै  गैर कानुनी हो यस्तो कसले गरयो छानविनको दायरामा ल्याएर कारवाही हुन्छ भन्नु भयो । 

        कपिलवस्तुमा भएको उक्त घटनावारे आफूले प्रहरीमा बुझने वताउदै यस्तो त नहुनु पर्ने भन्ने प्रतिकृया दिनु भयो । यो घटनावाट के स्पष्ट हुन्छ भने प्रहरी भित्र कानुन पालना गराउने र उलंघन गर्ने दुबैपक्ष रहेका छन् । एसपी जवराले दाङको पास लिएर कपिलवस्तुमा आएर नदी जन्य पदार्थ निकासी गर्ने ढुवानी साधनलाई कारवाहीको दायरामा ल्याएर कानुनको कार्यान्वयन गर्न खोजेपनि प्रहरी निरिक्षक जोशीले के कारणले उक्त टिप्परलाई छाड्न आदेश दिनु भयो स्पष्ट छैन । एसपीको आदेश भन्दा विपरित आदेश कसरी दिनु भयो भन्ने प्रश्नका लागि उहालाई टेलिफोनमा कुरा गर्न खोज्दा ९८५७०९०२७६मा फोन उठाउनु भएन । 

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६