ब्रेकिंग न्युज

शशस्त्र द्वन्दको पीडा :बेवारिसे बमले लियो ४ नवालकको ज्यान



रोल्पा १८ बैशाख शशस्त्र द्वन्दको पीडा अझ सम्म मुखारित हुन रोकिएको छैन । घटना अनुसार  बाख्रा चराउन गएको बेला बेवारिसे बम हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको छ ।विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष् शान्तकुमार ओलीले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष सावित्रा बुढा मगरका  अनुसार एउटा बम अझै बाँकी रहेको र त्यसलाई डिस्पोज गर्ने तयारी भैरहेको छ ।

        विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ ।घटनाका बारेमा बुझ्न प्रहरी चौकी नुवागाउँको टोली त्यहाँ पुगेको छ भने जिल्लाप्रहरी कार्यालयबाट पनि प्रहरी प्रमुख सहितको टोली गइरहेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६