बुटवल २१ बैसाख ।नेकपाको सचिवालय बैठकले गरेको औपचारीक निर्णयम वमदेवलई उपयुक्र समयमा प्रतिनिधी सभामा लैजाने भनिएकोछ ।तर केहि संचार माध्यमले पाल्पाबाट पटक पटक निर्वाचित हुदै आएका नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रदेश ५ सह ईन्चार्ज दल वहादुर रानाको क्षेत्र खाली गराएर बामदेवलई भुनाव लगाउने सहमति भएको भन्दै समाचार प्रेसित गरेपछि रानाले प्रेसनोट जारी गरेर त्यसलाई खण्डन गर्नु भएकोछ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट रानाका विषयमा आएका समचार पनि आन्तरीक अन्तरसंघर्ष चर्काउन ल्याइएको हुन सक्ने आकलन गरिएके छ । बिगतमा लामो समय उपाध्यक्ष बामदेव गौतम निकट रहेर काम गरेका राना पुर्व एमालेको नवौ महाधिवेसन यता बामदेव संगै प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर कृयसिल हुदै आउनु भएका ईमान्दार छविका रानामाथी शनिवारको सचिवालय बैठकले रजीनमा गरई बामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय गरिएको भन्दै गलत प्रोपोगण्डा सुरु भएको हो ।
पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले उपयुक्त समयमा उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनीधी सभामा लैजाने निर्णय भएको जानकारी दिनु भयो । तर प्रवक्ता श्रेष्ठको भनाई बिभिन्न सन्चार माध्यमहरुबाट प्रत्यक्ष प्रशारण गरिएको केहिवेरमै बामदेव गौतमलाई पाल्पाको क्षेत्र नं १ बाट प्रतिनिधीसभामा लैजाने निर्णय भएको समाचार भाईरल बनाईएको थियो । फेसबुक ट्विटर र म्यासेन्जर मार्फत भाईरल बनाउने गरी प्रवाह गरिएको उक्त सन्देश भने झुठो भएको भन्दै पाल्पावाट निर्वाचित सांसद दल बहादुर रानाले प्रेसनोट जारी गर्नु भएको छ । बाहिर आएको समाचारमा भनिए जसरी दल बहादुर रानालाई राजिनामा गराएर उपाध्यक्ष गौतमलाई प्रतिनीधी सभामा लैजाने कुनै निर्णय नभएको एक सचिवालय सदस्यले बताउनु भयो। सांसद रानाले जारी गरेको प्रेसनोटमा बैठकमा र सम्बन्धित कसैसंग पनि छलफल र चर्चा नै नभएको बिषय बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु रानाले भन्नु भएको छ ।
प्रेस नोटमा भनिएकेछ —“केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक बिबादलाई शनिवारको सचिबालयको बैठकमा सम्बन्धित नेताहरुले आत्मालोचना गर्ने,२५ गते स्थायी समितिको बैठक बस्ने,३ जना अध्यक्ष राख्ने बिषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रबक्ता कमरेडबाट जानकारी पाउदा सम्पूर्ण नेता कार्यकर्ता मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएकाछौं। तर बैठकमा र सम्बन्धित कसै संग पनि छलफल र चर्चा नै नभएको बिषय ूबामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु।”
प्रतिक्रिया