ब्रेकिंग न्युज

मुख्यमन्त्री नेपालगंजप्रति गंभिर बनेसंगै मन्त्री बराल र उपकरण नेपालगंजमा, मंगलवारवाट निशेधाज्ञा जारी



कपिलवस्तु २२ बैशाख   प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले नेपालगंजमा एकाएक कोरोना संक्रमण बढेपछि गंभिर चासो प्रकट गर्दै एउटा सुझाव र अर्काे सन्देश एकैसाथ प्रवाह गर्नु भएको छ । सुझाव र सन्देश संगसंगै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वराल  नेपालगंज पुग्नु भएकोछ भने कोरोना परिक्षणको थप कीट र पिपिइए समेत नेपालगंज पुगि सकेको छ । यो संगै नेपालगंजमा निशेधाज्ञाको निर्णय समेत भएको छ । मुख्यमन्त्री पोख्रेलको सुझावमा नेपालगंजका मस्जिदमा सामुहिक नमाज पढ्ने र घरघरमा गएर टयूसन पढाउने करणले कोरेना संक्रमण बढेको भन्दै यस्तो कार्य अविलम्व रोक्न सुझाव दिनु भएको छ । उहाले संगसंगै नेपालगंजकालागि कोरोना परिक्षण किट र पिपिई पठाइएकाले अशंका रहेका सबैले संपर्कमा आएर परिक्षणको दायिरा तीव्र पार्न आग्रह गर्नु भएको छ ।

            यता नेपालगंज पुगेका सामाजिक विकास मन्त्री सुदर्शन वरालले तत्काल २ वटा आइशोलेशन थप्न  निर्देशन दिनु भएकोछ । एकाएक कोरोना संक्रमण बढेपछि मन्त्री बराल सोमवार नेपालगंजमा पुगेर बस्तुस्थिती अध्ययन र छलफल गर्नु भएको छ ।  छलफलमा उहाले ब्यापक परिक्षण र सिघ्र ट्रेसिङमा जोड  दिएको वताइएको छ । नेपालगन्जमा कोरोनाको संक्रमित व्यक्तिको संख्या १६ पुगेपछि प्रदेश  ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल सोमबार नेपालगन्ज पुगेर सरकारको उच्च चासो ब्यक्त गर्नु भएको हो । उहाले संभावित खतरालाई मध्यनजर गर्दै नेपालगञ्ज मेडिकल कलेजको एक भवनमा आइसोलेसन बेड थप्ने तयारी गर्न समेत  आग्रह गर्नु भएको छ ।  बाँकेका स्वास्थ्यकर्मी र प्रशासनहरूसँग अवस्थाको जानकारी लिएपछि मन्त्री बरालले उक्त निर्देशन दिनु भएको हो । मन्त्री बरालले स्वाब परीक्षण लगायत कोरोना संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । मन्त्री बरालले नेपालगन्जस्थित भेरी अस्पताल, क्यान्सर अस्पतालमा रहेको आइसोलेशन कक्षको सिसिटिभीवाट अवलोकन गरी जानकारी लिएको वताउनु भयो । 

         नेपालगञ्ज मेडिकल कलेजलाई एउटा भवन आइसोलेसन अस्पतालको रुपमा छुट्याउनका लागि समेत प्रदेश सरकारको तर्फबाट अनुरोध गरिएको उहाले प्रेसपटीलाई जानकरी दिनु भयो । यता मुख्यमन्त्री शंकर पोख्रेलको नेपालगंजवासीलाई दिनु भएको सुझाव र गर्नु भएको अग्रहलाई स्थानीय प्रशासनले भने गंभिर रुपमा मनन गरेको पाइएकेछ । फलस्वरुप लकडाउनको पालनामा बढ्दो लापरवाहीलाई लिएर बाँके प्रशासनले कडा निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले भोलि मंगलबार विहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गरेको हो ।यसबेला घरबाहिर निस्कनै पाइँदैन, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले प्रेसपटीसंग भन्नु भयो २५ गते मध्यरात सम्म यो निर्णय लागु हुनेछ । त्यसपछि नेपाल सरकारको लकडाउनको  नणर््िय हेरेर वकी कदम चालिनेछ । 

 

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६