ब्रेकिंग न्युज

स्थायी कमिटी बैठक स्थगितसंगै अध्यक्षद्वय ओली र प्रचण्डबीच भयो यस्तो सहमति



काठमाडौं,२४बैशाख  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिहीवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गर्नुभएको हो ।बैठकको एजेण्डा र कार्यसुची तथा सरकारको नीति तथा कार्यक्रम र बजेटको बिषयमा सरकारले रफ्तारमा काम गर्नुपर्ने अवस्थाका आधारमा दुवै अध्यक्षले बैठक स्थगित गर्ने निर्णय लिनुभएको हो । नेकपाको गत बैशाख २० गते बसेको सचिवालय बैठकले बैशाख २५ अर्थात बिहीवार स्थायी कमिटी बैठक बोलाउने र सो बैठकमा सहमतिको एजेण्डा लाने निर्णयसहित बुधवार सचिवालयको बैठक तोकेको थियो ।

        बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले गृहकार्य नपुगेको जानकारी दिनुभएपछि बैठकको एजेण्डादेखि बैठक बस्ने कि नबस्ने भन्ने निर्णय लिन अध्यक्षद्वयलाई जिम्मा दिएको थियो । सचिवालय बैठकलगत्तै अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी स्थायी समिति बैठक नबस्ने निर्णय लिनुभएको हो । नेकपामा दुई अध्यक्षको सहमतिमा भएको कुरा नै आधिकारिक निर्णय हुने बिधानको ब्यवस्था छ । सोहीअनुसार स्थायी कमिटी बैठक स्थगित भएको हो ।

        बैठक माग गर्ने स्थायी कमिटीका सदस्यहरुले छुट्टै भेला गरी हस्ताक्षर अभियान चलाएको, पार्टी बैठकमा भन्दा अन्यत्रै ध्यान दिएको र बैठक माग गर्ने सदस्यहरुबीच मै चर्को बिवाद भएको अवस्थालाई मध्यनजर गरी ओली र प्रचण्डले बैठक स्थगित गरी नीति कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्ने निर्णय लिनुभएको हो ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६