ब्रेकिंग न्युज

नयाँ संक्रमित ३ मध्ये एकजना भारतवाट आएर २ घण्टा घरमा बसेको वडाध्यक्ष तिवारीले गरे पुष्टि,बिजुवा गाँउ नै शिल गर्ने स्थिती,परिवारका सदस्यलाई क्वारेण्टाइन लैजाने तयारी



कपिलवस्तु २७ वैशाख   कपिलवस्तुमा कोरोना संक्रमीत हुनेको संख्या पाँच पुगेको छ । मायादेवी र सुद्धोधन गाउँपालिकामा थप तीन जनामा शनिवार कोरोना संक्रमित पुष्टी भएपछि कपिलवस्तुमा संक्रमीतको संख्या पाँच पुगेको हो । मायादेवी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा शनिवार तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका सह प्रबक्ता समिर कुमार अधिकारी पुष्टी गर्नु भएको हो ।

        जसमा सुद्धोधन गाँउपालीका वडा नं ६ वाँसखोरका १७ वर्षका युवा रहेको प्रहरीले जनाएको छ । उनी २० गते भारतवाट नेपाल आएको र मायादेवीको क्वारैन्टाईनमा वसेको प्रहरीको भनाई छ । उनीसंगै मायादेवी गाँउपालीका वडा नं ८ विजुवाका १८ वर्षका युवासंगै आएको वताईएको छ । उनी घरमा आई २ घण्टा परिवारसंग वसेर खाना खाएर क्वारेन्टाईनमा गएको वडा नं ८ का वडा अध्यक्ष कृष्णनारायण तिवारीले वताउनु भयो । अहिले परिवारका सदस्यलाई पनि वडा स्तरवाट सम्पर्क गरि क्वारीन्टाईनमा लैजाने तयारी गरेको उहाँले वताउनु भयो । उनीहरु दुवैको वारेमा थप जानकारी लिने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पडकीका प्रहरी निरिक्षक गणेश सुवेदीले प्रेसपाटीलाई वताउनु भयो ।

        यस्तै अर्का युवा वडा नं २ अभिरावका रहेका छन् । यस अघि संक्रमीत भएका २ जनासंगै आएको युवा  शनिवार पुष्टी संक्रमण पुष्टि हुनेम परेका हुन् । उनी  १८ वर्षका युवा रहेको निरिक्षक सुवेदीले वताउनु भयो । संक्रमीत पाँच जना छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेण्टाइनमा बसेका थिए । शनिवार पुष्टी भएका ३ जनालाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लैजाने तयारी गरिएको छ । क्वारेन्टाईनमा रहेका ६५ जना मध्ये यस अघि १२ जनाको नतिजा आउदा २ जना संक्रमति फेला परेका थिए भने आज आएको नतिजा अनुसार तीनजना थपिएका हुन् । अहिले सम्म ६५ जनाको नतिजा आएको हो । अव टेकु स्थित प्रयोगशालमा कपिलवस्तुवाट पठाएको स्वाव परिक्षण गर्न वाँकी नरहेको जानकारी अफूले पाएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले वताउनु भयो । 

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६