ब्रेकिंग न्युज

घटना एक : दाबि अनेक ,सिडियो र स्थानीय सरकार बिपरीत धूर्वमा



कपिलवस्तु २९ बैशाख । घटना एक दावि अनेक यस्तो बिषय राजनीतिमा स्वभाविक हुने गर्छ तर यतिबेला बिपत्तिका बेला पनि यस्तै भएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले दिर्घ नारायण पाण्डेले लुकिछिटी भारतवाट आएका २ हजार वढीलाई जहा भेट्यो त्यहीवाट दशगजामा फर्काएको दावि गर्नु भएको छ । प्रजिअ पौडेलले भन्नु भयो मेरो जानकारीमा लुकिछिपी आएका सबैलाई स्थानीय सरकार र प्रहरी मिलेर दश गजामा फिर्ता पठाइएकोछ ।

         यता स्थानीय सरकारका दावि भने यो भन्दा विपरीत छन् । मायादेविका अध्यक्ष बजरंगी कुर्मी भन्नु हुन्छ भरतवाट लुकिछिपी आउने भीड यति धेरै छ की हरेक विद्यालयलाई स्वत ः क्वारेण्टाइन वनाइयो तैपनि थेग्न गाह्रोछ । यस्तै तर्कछ कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको पनि सबै विद्यलयमा राखेका छौं आउने क्रम अझै जारीछ ।उहा  भन्नु हुन्छ प्रजिअ पौडेललाई जानकारी दिए दशगजामा पठाउने भन्नु हुन्छ जनताले त्यो मान्दैनन् त्यही भएर धमाधम क्वारेण्टाइन थपेका छौं आए भरकालाई राखेका छौं । यता भारतको मुम्बैबाट चोर नाका हुदै नेपाल प्रबेश गरेका कपिलवस्तुका ५ जना युावमा कोरोना पुष्टी भएको बेला  गाउँ गाउँमा लुकीछिपी आउनेक्रम झनै बढेको हो । भारतका बिभिन्न शहरहरुमा रोजागारीकालागि गएकाहरु अहिले धमधाम चोर बाटो हुदै  स्बेदेश फर्किरहेका हुन । उनीहरु पैदल, ट्याक्टर ट्रक साईलक लगायतमा कष्टकर यात्रा गरी अहिले जिल्लाका बिभिन्न चोर नाका हुदै जिल्ला छिरेका छन । यसरी चोर नाका हुदै असुरक्षित तरिकाले प्रबेश गरिदा जिल्लामा कोरानाको संक्रमण झनै फैलने जोखिम बढेको छ । मुम्बैबामट चोर नाका हुदै फर्केका  मायादेबी गाउँपालिका ४ र सुद्धोदन गाउँपालिकाका एक गरी ५ युवामा कोरोना संक्रमण देखिएको थियो । 

        पछिल्लो दुइ दिनमा मात्र बिजयनगर गाउँपालिकामा भारतको मुम्बई पुने, दिल्ली लागायत शहरमा रहेका १ सय ३ जना चोर नाका हुदै छिरेको गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीले बताउनु भयो । अर्रा नदी, वन खेत खोल्सा लगायतबा लुकिछिपी गाउँपालिका प्रबेश गरेकाहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाईनमा राखिएको उहाँले बताउनु भयो  । ‘ लुकीछिपी आउनेहरुको निगरानीकालागि राखिएको ५० नगर प्रहरी, ६८ महिला स्वमसेविका टोल समिति मार्फत लुकीछिपी आएकाहरुलाई समातेर क्वारेन्टाईन पठाएका हौ ’ उहाँले भन्नु भयो  । 

    लुकिछिपी आउने मानिसहरुको संख्या बढेकाले त्यसको ब्यवस्थापनमा समस्या देखिएको उहाँले जानकारी दिनु भयो  । शनिवार भारतको हरियाणाबाट कृष्णगनर नाका हुदै  बाणगंगा नगरपालिका  ८ मधुवनमा आएका ३ जनालाई क्वारेन्टाईनमा पठाईएको वडा अध्यक्ष गुणपिनधी भुसााले बताउनु भयो । ती परिवार मधुवन स्थित एक घरमा बसेका थिए । सो घरका ४ जनालाई पनि क्वारेन्टाईन पठाईएको थियो ।  मुम्बैबाट चार नाका हुदै बाणगंगा नगरपालिका वडा नम्बर १० पटनाका एक जनलाई समेत स्थानीयको सहयोगमा सिद्धार्थ क्याम्पसको क्वारेनटाईनमा लगीएको  नगरपालिकाका स्वास्थ्य संयोजक  ठग राज पौडेलले प्रेसपाटीसंग बताउनु भयो  ।

        सशस्त्र प्रहरी उपरिक्षक जनकपुरीले आईतावार साँझ ५ बजे सम्म जिल्लाका ६ नाकामा १ हजार ८५४ जना रोकिएका छन । भारतीय सुरक्षाकर्मीले प्रबेश गर्न दिए पछि नेपाल आउन खोज्ने उनीहरुलाई आफुहरुले गृह मन्त्रालयको आदेश अनुसार राकेको बताउनु भयो  । नाकामा निग्रानीकालागि १४ सय बढी सशस्त्र प्रहरी परिचालन गरिए पनि ९३ किमिको खुला नाका भएकाले समस्या आएको उहाँले बताउनु भयो  । भ्याए सम्म आफुहरुले निग्रानी गरे पनि रातिको सयममा वन, जंगल खेत, नहर खोला खोल्साबाट लुकीछिपी जाने गरेको उहाँले बताउनु भयो  । जिल्लाका १० पालिकाले संचालन गरेका १ हजार ७८८ क्वारेन्टाईन बेडमा १ हजार ३७९ जना छन 

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६