ब्रेकिंग न्युज

कपिलवस्तु जिल्ला शिल गर्ने सुरक्षा समितिको निर्णय



कपिलवस्तु २९ वैशाख ।कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको थप संख्या बढेपछि जिल्ला सुरक्षा समन्वय समिती को बैठक बसी  जिल्ला भरी नै शील गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय ले प्रेस विज्ञप्ती निकालेको छ ।  उक्त निर्णय अनुसार वैशाख २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु उल्लेख गरिएको छ ।यस अवधी भित्र अति आवाश्यकीय बस्तुहरु ढुवानी (खाद्यन्न ,तरकारी फलफुल दुध पेटोलियम पर्दाथ,ग्यास ,औषधी ,पानी पशुपन्छिको दानां) एम्वुलेन्स शववाहन तथा राजमार्ग भएर गुडने सवारी साधन (जिल्ला भित्र ओलिर्न र चढ्न नपाउने गरी )बाहेक सवै प्रकारका सवारी साधन मानिसहरुको आवतजावत तथा सम्पुर्ण गतिविधी वन्द गरिएको जनाएको छ ।


सोमबार कपिलवस्तुको यशोधरा गाउँपालिकामा देखिएका ८ जना कोरोना संक्रमित एउटै गाउँका र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् । यो संगै गरि जिल्लामा १५ जना संक्रमित को संख्या पुगेको छ । कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् ।यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६