ब्रेकिंग न्युज

अलपत्र नागरिकलाई उद्धार गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र



बुटवल, २९ वैशाख । रुपन्देहीका राजनीतिक दलहरुले विदेश तथा नेपाल भारतको सीमामा अलपत्र नागरिकहरुलाई उद्दार गर्नुपर्ने सहित ४ बुँदे माग राख्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भैरहवामा सोमवार वसेको वैठकले विभिन्न निर्णय गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ पन्थले राजनीतिक दलहरुको माग प्रधानमन्त्रीको कार्यालयमा पठाइने बताउनु भयो । रुपन्देहीका राजनीतिक दलहरुले सन. १८१९ को सुगौली सन्धिबाट महाकालीपूर्व लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भू–भाग हुन भन्ने प्रमाणित हुँदाहुँदै भारतले नेपाली भूभागलाई विवादित बनाई अहिले बाटो निर्माण गरी उदघाटन गरेकोप्रति आपत्ति जनाएका छन् । नेपालको राष्ट्रियता अखण्डतामाथि अतिक्रमण गर्ने भारतको मिचाहा प्रवृत्तिविरुद्ध नेपाली राजनीतिक पार्टीहरु संघर्ष गर्न तयार रहेको उनीहरुको भनाई छ ।

            नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्व तथा विभिन्न राजनीतिक दलको उपस्थितिमा सोमबार भैरहवामा सम्पन्न सर्वदलीय बैठकले अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनेतर्फ सरकारले जिम्मेवारी पूरा नगरेको आरोप लगाएको छ ।नेपाल भारत सीमामा तथा विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनुपर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले सीमामा अलपत्र नागरिकलाई आधिकारिक बाटो खोलेर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्न सरकारसंग माग गरेका छन् ।खासगरी नेपाल भारत सीमा खुल्ला भएकोले हजारौं नेपालीहरु अलपत्र परि लुकीछिपी नागरिक नेपाल प्रवेश गरिरहेकोले नेपाल सरकार नागरिकप्रति जिम्मेवार भई विदेश तथा भारतको सिमानामा अलपत्र परेका नागरिकलाई उद्दार गर्नुपर्ने बैठकले माग गरेको छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६