ब्रेकिंग न्युज

खुुकुरी प्रहारबाट घाइते



दाङ ३० बैशाख । दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र  २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिनुभयो ।तुलसीपुर –१२ एयरपोर्ट निवासी १९ वर्षीय सुरेश डाँगीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि  कोहलपुर सिफारिश गरिएको छ । बस्नेतका अनुहार र नेपालीका टाउकामा चोट लागेको छ । अभियुक्त डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६