ब्रेकिंग न्युज

कपिलवस्तुका १० मध्ये ५ पालिकामा कोरोना संक्रमण , नयाँ संक्रमित ८ जना कपिलवस्तु नगरपालिकाका रहेको पुष्टि



कपिलवस्तु ३० बैशाख । कपिलवस्तुमा पछिल्लो पटक संक्रमण पुष्टि भएका ८ जना सबै कपिलवस्तु नगरपालिकाका भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार उनीहरु सबै कपिलवस्तु नगरपािलकाका हुन् । तौलिहवा स्थित २वटा क्वारेण्टाइनवाट लिइएको स्वावको परिक्षणवाट ८ जना को नतिजा पोजेटिभ देखिएको हो ।

    जस अनुसार बडा नं १ को २५ बर्षको महिला  १जना वडा ३ का २० र ३२  बर्षका पुरुष २ जना ,वडा नं ४का २५ वर्षका पुरुष वडा नं ५का २६ वर्षका पुरुष  वडा नं ६का २६ वर्षका पुरुष ,वडा नं ७ का १९ बर्षका पुरुष र वडा नं ८ का २५ वर्षका पुरुष रहेका छन् ।   एकैदिन नेपालमा अहिले सम्ममै सबैभन्दा ठूलो संख्या पहिलो पटक कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल १९१ जनामा संक्रमण पुष्टि भएको हो । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले १ वजे सार्वजनिक गरेको विवरणमा  कपिलवस्तुमा पुन ८ जना कोरोना संक्रमित थपिएका हुन् । 

    कपिलवस्तुवाट शनिवार पठाइएको २९० जनाको स्वाव परिक्षणमा वाँकी रहेका ३८ जनाको नतिजा आएकोहो ।  यो संगै कपिलवस्तु नगरपालिका, यशोधरा गाउपलिका ,बुद्धभूमी नगर पालिका, मायादेवि गाउ पािलका र शुद्धोधन गाउपालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६