ब्रेकिंग न्युज

सूचना चुहिएको भन्दै स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध


३१ बैशाख २०७७, बुधबार


 काठमाडौं ३१ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ ।यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् । उनीहरुले ‘माथि फोन गर्नुस्, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएका छैनन् ।स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका थिए ।अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्की र प्रवक्ता डा विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ ।

           उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् ।मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् ।मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एक पटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट सूचना दिन कडाइ गरिएको छ । तर मन्त्रालयले अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको हो ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे