ब्रेकिंग न्युज

कोरोना संक्रमित ७ वर्षीय बालक बाराबाट आएका थिए काठमाडौं



काठमाडौं, २ जेठ । बिहीबार साँझ कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट काठमाडौं गएको खुलेको छ । संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको स्थानीयले बताएका छन् ।

            संक्रमित बालकलाई अस्पताल लैजाने तयारी भइरहेको छ। स्थानीयको सहयोगमा बाहिरबाट आएको भनेपछि उनीहरू स्वाब परीक्षण गराउन पुगेका थिए। आमा र छोराको कोरोना परीक्षण गरिएकोमा छोराको रिपोर्ट पोजेटिभ आएको हो। बालकको  स्थायी घर दोलखा रहेको बताइएको छ भने बालकका परिवारमा उनीसहित बुवा र आमा छन्। संक्रमित बालकको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु गरिने भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६