ब्रेकिंग न्युज

भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु



चितवन ६ जेष्ठ ।  चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ ।रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो ।  उनको मृत्युको कारण खुलेको छैन  ।सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६