ब्रेकिंग न्युज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, गुल्मीका कोरोना संक्रमितको मृत्यु



बुटवल, ८ जेठ । रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् ।  अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्रामको क्रिमशन अस्पतालमा उपचारत थिए । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

           गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।  प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले  उनको मृत्यु भएको बताउनुभयो ।यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या ४४४ पुगेको छ भने ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६