बिजनेस

हटयो भिटिएम कीट अभाव,सरकारले पठायो एकैसाथ ठूलो परिमाणमा कीट



कपिलवस्तु ८ जेठ ।किट अभावले पिसिआर परिक्षणमा ढिलाई भईरहेको बेला अब भने कपिलवस्तुमा किटको अभाव टरेका छ । किटको अभाव पछि जिल्लाका ८ पालिकाले आवशयक भिटिएम किट किन्ने तयारी गरीरहेको बेला स्वास्थ्य  सेवा बिभागबाट बीहिवार एकै पटक जिल्लामा ३ हजार किट आएको हो । कपिलवस्तुका सांसद चक्रपाणी खनाल बलदेव सहितका ३ वटै क्षेत्रका सांसदले पटक पटक स्वास्थ्य मन्त्रालयमा पुगेर दिएको दवाव र राष्ट्रिय सभा सदस्य बिमला घिमिरेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालसंगको विशेष भेटघाटपछि कपिलवस्तुले एकैसाथ ठूलो परिमाणमा कीट पाएको हो । यस अघि ३०० /५०० आदी संख्यामा केहिदिनका अन्तरमा कीट आउने गरेको थियो । 

        जिल्लाका ३ पालिकाले ३ हजार २ सय किट किनेर बुधवार देखि नै स्बाव सकलन सूरु  गरी सकेका छन । कपिलवस्तु र शिवराज नगरपालिकाले एक एक हजार र यशोधरा गाउपालिकाले ११ सय ८० थान भिटिएम किट किनेर स्वाब संकलन कार्य अघि बढाएका हुन । जिल्लाका अन्य ५ पालिकाले पनि किट किन्ने प्रकृया अघि बढाएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोलक पर्सन कुमर थापाले तत्कालकालागि पिसिआर परिक्षणकालागि चाहिने भिटिएम किटको अभाव टरेको बताए । अहिले सम्म जिल्लामा ५ हजार १६५ भिटिएम किट सरकारवाट प्राप्त भएको छ । किट अभावले स्वाब संकलन सुस्त गतिमा चलेका थियो ।

        जिल्लाका ८ पालिकाले कुल ८ हजार १८०  किट किन्ने भएको हो । कृष्णगनरले २ हजार,  महराजगंज नगरपालिकाले १ हजार २ सय थान, बुद्धभुमी नगरपालिकाले एक हजार , मायादेबीले ३ सय,सुद्धोदनले ५ सय   थान किट किन्ने प्रकृया अघि बढाएको छ । उता अरटडि टेस्टका लागि बिभागले ५ हजार किट पठाएको छ । यस अघि पटक पटक गरी कुल १८ सय थान जति जिल्लामा किट आएको थियो । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६