ब्रेकिंग न्युज

सुर्खेतमा पनि भेटिए ३ जना कोरोना संक्रमित



सुर्खेत १० जेष्ठ । सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।  प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।  डाक्टर खड्काका अनुसार  संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ । उनीहरु भारतबाट आएको बताइएको छ । यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ । 

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६