ब्रेकिंग न्युज

आमाको हत्यापछि युवकद्वारा आत्महत्या


१५ जेष्ठ २०७७, बिहिबार


विराटनगर १५ जेठ। बिहीबार सामान्य विवादमा आमाको हत्या गरी एक युवकले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् ।खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए ।छोराले इँटा प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

          आमाको हत्यापछि आफ्नै घाँटी रेटेका लिम्बुको स्थानीय नोबेल सामुदायिक अस्पताल बेलबारीका उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार जीवन लागूऔषध प्रयोगकर्ता हुन् । बुधबार उनको घरमा मासु पकाइएको थियो । तर खाना खाने विषयमा सामान्य विवाद हुँदा लिम्बूले आमालाई इँटा प्रहार गरेका हुन् । इँटा प्रहारबाट भान्सामा लडेकी देवीकुमारीको घटनास्थलमै मृत्यु भयो ।आमालाई इटा प्रहार गरी निस्किएका जीवनले छिमेकीको भान्साबाट चक्कु निकालेर आफ्नो घाटी रेटेको प्रहरीले भनाइ छ ।घटनालगत्तै पुगेको प्रहरीले उपचारका लागि जीवनलाई अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेको केहीबेरमा उनको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्या र आत्महत्याको कारण लागूऔषध रहेको पाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे