बरवा, १६ जेठ । कपिलवस्तु जिल्लामा कूल १५ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार आज थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना रहेका छन् भने उनीहरुको कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो । यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ ।
कपिलवस्तु जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ । संक्रमित एक जना अर्घाखाचीका हुन् । जिल्लाका सवै स्थानिय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया