रोल्पा, १७ जेठ । चट्याङ लागेर रोल्पामा दुई जनाको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको गुठिमधारामा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।शुक्रबार दिउँसो घरमा बसिरहेको बेला चट्याङ लाग्दा ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीया आशा बुढामगरको मृत्यु भएको हो । चट्याङ लागेर २४ वर्षीय सविन बुढामगर घाइते भएका छन् । उनी मृतक आशा बुढामगरका पति हुन् ।चट्याङ लागेपछि बेहोस भएका उनीहरुलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा लगिएको थियो । अस्पताल पुर्याउना साथ अस्पतालले उनीहरुलाई मृत घोषित गरेको थियो । चट्याङ लागेर घरमा समेत सामान्य क्षति पुगेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।एक महिनाको बीचमा रोल्पामा चट्याङ लागेर चार जनाको मृत्यु भइसकेको छ । वैशाख २५ गते रोल्पाको सिर्पमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको थियो ।
१७ जेष्ठ २०७७, शनिबार
प्रतिक्रिया