लहान, २९ जेठ । छिमेकी युवतीलाई जबरजस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो ।सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबरजस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
२९ जेष्ठ २०७७, बिहिबार
प्रतिक्रिया