बिजनेस

कपिलवस्तुको वाणगंगा र बाँकेको कोहल्पुरमा १२५ मेगावाटको सौर्य उर्जा परियोजना



काठमाडौं ६ असार । लागानी बोर्डको शुक्रबारको बैठकले ५ वटा हाइड्रोपावर र २ वटा सिमेन्ट उद्योगको लगानी स्वीकृत गरेको छ भने बाँकेको कोहल्पुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुने २० मेगावाटको स्टोरेज क्षमतासहित १२५ मेगावाटको सौर्य उर्जा परियोजनामा सञ्चालन गर्नेगरी सर्भेक्षण र अध्ययन गर्न सिङ्गापुरको कम्पनीलाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

        सो बैठकले हाइड्रो र सिमेण्ट उद्योग तर्फको १ खर्ब ८५ अर्ब ४३ करोडका ७ वटा आयोजनाको लगानी स्वीकृत गरेको लगानी बोर्डको सचिवालयले जनाएको छ । स्वीकृत भएका लगानीमध्ये कुल ५९१।२ मेगावाट क्षमताका ५ वटा हाइड्रोपावर कम्पनीको लागि हो भने बाँकी २ वटा सिमेन्ट उद्योगको लागि हो । कुल लगानी रकममध्ये १ खर्ब ३७ अर्ब ५३ करोड रुपैंया बराबर लगानी हाइड्रोपावरमा तथा बाँकी ४७ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी सिमेन्ट उद्योगको लागि स्वीकृत गरिएको हो । हाइड्रोपावरअन्तर्गत ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी हाइड्रोपावर–२ का लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाट क्षमताको आँखुखोला हाइड्रोपावरका लागि ६ अर्ब ३० करोड, ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड, ९७.२ मेगावाटको इसुवाखोला हाइड्रो इलेक्ट्रिकका लागि १३ अर्ब ९७ करोड तथा १६४ मेगावाटको कालीगण्डकी गोर्जे हाइड्रोपावरका लागि २८ अर्ब ३० करोडको लगानी स्वीकृत भएको हो ।

         सिमेन्टतर्फ दाङ सिमेन्ट परियोजनाका लागि ३२ अर्ब ५० करोड तथा सम्राट सिमेन्टका लागि १५ अर्ब ५ करोड रुपैयाँको लगानी स्वीकृत गरिएको छ । लगानी तथा प्रविधि हस्तान्त्ररण सम्बन्धी ऐन अनुसार ६ अर्ब वा सोभन्दा बढी लगानीको स्वीकृति लगानी बोर्डबाट गर्नेपर्ने प्रावधान अनुसार ती उद्योगहरुले लगानीको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएका थिए ।त्यस्तै, दमक औद्योगिक क्षेत्र, मुक्तिनाथ केबलकार, मल्टिमोडल लजिष्टिक, प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डेलिङ फ्यासिलिटीज जस्ता परियोजनाको अध्ययन समय थप गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६