ब्रेकिंग न्युज

सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीलाई अभिमुखीकरण



दाङ २२ मंसिर । राप्ती गाउँपालिका दाङले नेपाल प्रहरी ,सशस्त्र प्रहरी,नेपाली सेना लगायतका सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाको सभाहल मसुरीयामा सम्पन्न गरेको छ।सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी जानकारी गराउने र त्यस क्षेत्र तर्फ अग्रसर गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा भर्ना हुन चाहाने ६० जना भन्दा बढी युवायुवतीहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई रणसिंह दल गण अर्जुन खोला लमहीका मेजर दिपक बुढाथोकी र इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहले सुरक्षा निकायको तह ,छनोट प्रक्रिया,आवश्यक शैक्षिक योग्यता,शारीरिक अवस्था,उमेर समूह,उचाइ ,तौल,खुल्ला प्रतियागितात्मक परिक्षाको लागि पाठ्यक्रम,उनीहरूले प्राप्त गर्ने सेवा सुविधा लगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सुरक्षा निकायमा भर्ना हुन मेहनत,सकारात्मक सोच र आत्मविश्वास हुनु पर्ने बताए । उहाले यस कार्यक्रमले युवायुवतीहरुलाई सुरक्षा निकायमा भर्ना हुन थप टेवा पु¥याउने विश्वास व्यक्त गर्दै युवा पुस्ताहरु सुरक्षा निकायमा भर्ना भई जनता र राष्ट्र प्रति समर्पित हुनु पर्ने बताए । अभिमुखीकरण कार्यक्रमको लागि यस अघि नै पालिकाले पटकपटक सुचना प्रकाशन गरि इच्छुक युवायुवतीहरुको नामावली संकलन गरेको थियो ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६