ब्रेकिंग न्युज

रुसी फौजमा थप ७ नेपालीको मृत्यु



काठमाडौं १ चैत ।रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो ।मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना यस प्रकार छ ।मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।
रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ । साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६