ब्रेकिंग न्युज

बचत फिर्ताको माग राख्दै चौथो चरणको बृहत सडक आन्दोलनमा सहकारी पीडित



काठमाडौँ १० भदौ । सहकारी पीडितहरूले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत् सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चारजना पीडितहरूले ज्यान गुमाइसकेको बताए ।

सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रो पटकको आन्दोलन सुरु गरेको १०१ औँ दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत् आन्दोलन गर्ने उनले बताए ।उनले सहकारी पीडितहरू १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुई पटक सम्झौता गरे पनि पीडितको पक्षमा केही काम नभएको धारणा राखे ।

अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रो पटक आफूहरूसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए । तत्कालीन अवस्थामा आफूहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे ।

प्रकाशित : १० भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६