ब्रेकिंग न्युज

निजामति कर्मचारीलाई जापानको ४२ करोडको छात्रवृत्ति




काठमाडौं १२ भदौ । जापान सरकारले नेपाललाई ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति अनुदान दिने भएको छ । जापानले मानव संशाधन विकास छात्रवृत्ति ९जेडीएस० परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख रुपैयाँ ९४५ करोड ४० लाख जापानी येन० बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो ।

अनुदानका लागि नेपालकातर्फबाट अर्थ मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरे र जापानकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान–प्रदान पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा २ वर्षको स्नातकोत्तर ९मास्टर्स० तह तथा ३ वर्षको विद्यावारिधि ९पीएचडी० तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।

सन् २०१६ देखि उपलब्ध हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसपूर्व १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । नयाँ सम्झौताले थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने जनाइएको छ । छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास अर्थ मन्त्रालयका सचिव डा घिमिरेले व्यक्त गरे । नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुर्‍याउने उनको भनाइ छ । छात्रवृत्ति अनुदानले दुई देशबीचको लामो समयदेखिको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने राजदूत युताकाले बताए ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६