ब्रेकिंग न्युज

यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपुर्ण निर्णयहरु




कपिलवस्तु १६ भदौ ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय आइतबार सार्वजनिक गरेका हुन्।

बैठकले युरोपेली युनियन‚ जर्मनीबाट अनुदान सहायता रकम स्वीकार गर्ने‚ सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकको सरुवा तथा ल्हासा‚ गन्जाओ र कोलकाताको महावाणिज्यदूत नियुक्तिलगायत १८ वटा निर्णयहरु गरेको छ।
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु :
१। बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने।

२। जर्मन सरकारबाट पावर डिस्ट्रिव्युशन कार्यक्रमअन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने।

३। ज्यान मार्ने मुद्दामा पीडित विन्दवासिनी कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिब माथिको क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा शोधभर्ना गर्ने व्यवस्था मिलाउने।

४। २०८१ भदौ २४ देखि २८ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन ९एएएलसीओ० को ६२ औँ वार्षिकोत्सवमा सहभागिताको लागि कानून, न्याय तथा सङ्घीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गर्ने।

५। सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेशनल फाउण्डेशन फर इलोक्टोरल सिस्टमको साइबर एण्ड इन्फरमेशन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने।

६। सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग,चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशीराज दाहाललाई कार्यविभागबाट मानव स्रोत विभागमा सरुवा गर्ने।

७। परराष्ट्र मन्त्रालयका सहसचिव भरत खनाललाई नेपाली महावाणिज्य दूतावास गन्जाओको महावाणिज्यदूत पदमा, सहसचिव झक्कबहादुर आचार्यलाई नेपाली महावाणिज्य दूतावास कोलकाताको महावाणिज्यदूत पदमा र सहसचिव लक्ष्मीप्रसाद निरौलालाई नेपाली महावाणिज्य दूतावास लासाको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने।

८। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौँ तराई(मधेश द्रुतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्ने बाँकी मुआब्जामा लाग्ने पुँजीगत लाभ कर अर्थात् आर्थिक ऐन, २०८१ को दफा १८ को १ बमोजिम छुट लिन स्वीकृति दिने।

९। पीपलटार(देउडी सडक निर्माणको लागि नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको ५।१४२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१०। भुम्लु गाउँपालिका काभ्रेपलान्चोकलाई गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि भुम्लु गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०।३ हेक्टर जग्गा प्रयोग गर्न दिने।

११। सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने।

१२। चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा दिनेशराज दाहाललाई नियुक्त गर्ने।

१३। नेपाल सरकारले दूरसञ्चार सेवालाई नियमित गर्ने सम्बन्धमा दूरसञ्चार ऐन, २०५३को दफा २० को अधिकार प्रयोग गरी एनसीएल आजियाटा लिमिटेडको तेस्रोपटक अनुमति पत्र नवीकरण गर्न नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिने, एकैपटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ताबाहेकको बाँकी किस्ता भुक्तानी गर्दा बाँकी किस्ता बापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले ब्याज र किस्ता रकमसमेत लिने।

१४। इन्डोनेशियाको जकार्तामा २०८१ असोज १० मा सञ्चालन हुने फिक्स मिनिस्टोरियल मिटिङ तथा २०८१ असोज ८ र ९ गते सञ्चालन हुने १२औँ हाइलेभल अफिसियल मिटिङमा स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने।

१५। नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला २०८१ भदौ १५ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा रिक्त हुने मुख्यसचिव पदमा २०८१ भदौ १५ देखि लागू हुने गरी गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गर्ने।

१६। राष्ट्रिय योजना आयोगका सचिव डा तोयानारायण ज्ञवालीले मिति २०८१ भदौ १४ देखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्ने।

१७। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय सङ्गठन र दरबन्दी तेरिज स्वीकृत गर्ने।

१८। श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत आव ०८१र८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६