ब्रेकिंग न्युज

जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक किशोरको मृत्यु



कपिलवस्तु, २५ भदौ । जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक जना किशोरको मृत्यु भएको छ । ईन्सेफलाईटीसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका राम शाहाय चौधरीका १७ वर्षीय छोरा गुरुप्रसाद थारुको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरस्थित एक निजी विद्यालयमा अध्ययनरत गुरुको काठमाण्डौस्थित न्युरो अस्पतालमा उपचारका क्रममा एक साताअघि मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरीले बताए । उच्च ज्वरो आएर बेहोस अवस्थामा पुगे पछि २ साताअघि गुरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ १३ दिन उपचार गरे पनि सुधार नआएपछि थप उपचारका लागि न्युरो अस्पताल लगिएकोमा ३ दिनपछि छोरा गुरुको मृत्यु भएको बुवा राम शाहायले बताए ।

जिल्लामा चालु आर्थिक वर्षभित्र जापानिज इन्सेफलाईटीसका ५ संक्रमित भेटिएको उनले बताए । शुद्धोदन गाउँपालिकामा ३ वर्षीया बालिका, मायादेवी गाउँपालिकामा ३ वर्षीय बालक, कृष्ण नगर नगरपालिकामा १५ वर्षीय किशोर र कपिलवस्तु नगरपालिकामा ५ वर्षीय बालकमा जापानिज इन्सेफलाईटीसको संक्रमण देखिएको छ । पाँचमध्ये एक जनाको मृत्यु भएको हो ।

जापानिज इन्सेफलाईटीस क्युलेक्स नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हाँस, कुखुरा र बंगुरबाट लामखुट्टेले यो रोग सार्ने गर्दछ । जापानिज इन्सेफलाईटीस संक्रमित हुनेमा १ देखि १५ वर्षको उमेर समूहका बालबालिका जोखिममा पर्छन् । संक्रमितमा उच्च ज्वरो आउने, अचेत हुने, बर्बराउने लक्षण देखा पर्छन् । यसको संक्रमणबाट बच्न घर आँगन सफा राख्ने, खाल्टोमा पानी जम्न नदिने, झुल लगाएर सुत्नु पर्ने डाक्टरहरूको सुझाव छ ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६