ब्रेकिंग न्युज

अनशनस्थलबाटै पक्राउ परे पूर्वमुख्यमन्त्री कार्की



काठमाडौं २५ भदौ । प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै पक्राउ गरेको छ ।प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो ।कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसोदेखि आमरण अनशनमा बसेका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकै बीच प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच झडपसमेत भएको थियो ।झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६