ब्रेकिंग न्युज

कपिलवस्तुलाई भौतिक निमार्णसँगै सामाजिक विकासमा धेरै काम गर्नुछ : उपाध्यक्ष घिमिरे




कपिलवस्तु २६ भदौ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले भौतिक निर्माणले मात्रै विकास नहुने बताउनु भएको छ । जिल्ला समन्वय समिति कपिलबस्तुले आयोजना गरेको स्थानिय तहहरु संगको वार्षिक समिक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।भौतिक निर्माण संग संगै मानिसमा सामाजिक चेतना पनि उतिकै जरुरी रहेको उपाध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘चेतना भएन भने निर्माण गरेको केहि अर्थ रहदैन् ।’ मानिसहरुको सोचमा परिवर्तन हुन आवश्यक रहेको उपाध्यक्ष घिमिरेले जनाउनु भयो । उहाँले अगाडि भन्नु भयो , सबै पालिकाहरुले पुर्वाधार विकास र सामाजिक क्षेत्रको कार्यमा जोड दिनुपर्छ ।
उहाँले समितिले आयोजना गरेको समिक्षा कार्यक्रम सिंगो कपिलबस्तुको एैना भएको बताउनुभयो । समिक्षाले कपिलबस्तुमा के कस्ता कार्यक्रम भईरहेको छ, कति बजेट खर्च भएको छ भन्ने जानकारी भएको उहाँले बताउनुभयो । कपिलवस्तुमा जिल्लाको विकासका निम्ती आएका वजेट समयमै खर्च हुन नसक्दा काम पछि परेको प्रति सबै स्थानीय तहलाई सचेत हुन आग्रह गर्नु भयो । वजेट र अधिकारका हिसाबले संघ सरकार अनुदार भएको भन्ने स्थानीय तहको गुनासो केहि हद सम्म सत्य रहेको स्वीकारदै संघ सरकारलाई कानुन बनाएर अधिकार प्रत्यायोजन गर्न आग्रह गर्नु भयो ।
समिक्षा कार्यक्रममा जिल्लाका दश स्थानीय तह मध्ये आठ पालिकाले आर्थिक बर्ष ०८०।०८१ मा भएको गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरु विष्णु पन्थि , अर्जुन के.सी. , नवराज लामिछाने , विश्व प्रकाश अर्याल लगायतले सुझाव सहित मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६