ब्रेकिंग न्युज

जजिरा एयरवेज भैरहवामा पुनः नियमित उडानमा फर्कियो



काठमाडौं ७ असोज, । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ ।जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ ।जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ ।प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो ।
सोही अनुसार जजिराले जजिराले अनुमतिका लागि पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।विमानस्थल बन्द भइसकेको समय ९रात० को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो ।सोही अनुसार ६स्२५ मा नेपाल आएर ७स्३० मा उडान गर्ने गरी जजिराले अनुमति लिन पत्र पठाएको छ ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६