झापा । प्रधानमन्त्री केपि शर्मा ओलीले ‘दमक बिजनेस कम्प्लेक्स’को उद्घाटन र महारानि झोडामा लालपुर्जा बितरन शुभारम्भ गर्दै हुनुहुन्छ । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । त्यसैगरि फिल्ड बुक र श्रेस्ता भएपनि लामो समय देखी जग्गा धनि पुर्जा नपाएका झापाको महारानि झोडाका ५ हजार बढी परिवारको लालपुर्जा बितरन कार्यक्रमको शुभारम्भ गर्दै हुनु हुन्छ ।त्यसको अन्तिम तयारी निरीक्षन गर्न भुमि ब्यबस्था मन्त्री बलराम अधिकारी शनिबार नै झापा पुग्नु भएको छ। अहिले सम्म्का कुनै पनि भुमि मन्त्रीले गर्न नसकेको काम अधिकारी मन्त्री बनेपछि गरेर देखाउन प्रधानमन्त्री ओलीले कार्यभार सम्हाले पछि आग्रह समेत गर्नु भएको थियो । यो काम्ले यतिबेला सार्थकता पाएको हो।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।
सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए ।प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए । रासस
प्रतिक्रिया