ब्रेकिंग न्युज

गायिका एलिना चौहानद्वारा सम्बन्ध विच्छेद मुद्दा दायर



काठमाडौँ १८ माघ । लोकप्रिय गायिका एलिना चौहानले पतिसँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुङ्ग्याउन कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ।
चौहानले अदालतमा दिएको निवेदन अनुसार, उनीहरूबीच २०८१ साल वैशाख ५ गते प्रेम सम्बन्धका आधारमा विवाह भएको थियो। विवाहपछि दम्पती अस्ट्रेलिया गएका थिए, तर केही समयपछि नेपाल फर्किएपछि सम्बन्धमा गहिरो खटपट देखिएको उल्लेख गरिएको छ।
गायिका चौहानले पतिले बारम्बार चरित्रमाथि शंका गर्ने, कलाकारितामा संलग्न भएकाले राति अबेरसम्म कार्यक्रममा बस्नुपर्दा अप्ठ्यारो पार्ने, मानसिक तनाव दिने र विश्वास नगर्ने प्रवृत्तिका कारण वैवाहिक सम्बन्ध असहज बनेको उल्लेख गरेकी छन्। त्यसैले आफूले अंश नलिने सर्तसहित कानुनी रूपमा सम्बन्ध विच्छेद गर्न निवेदन दिएको उनको भनाइ छ।

प्रकाशित : १८ माघ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६