ब्रेकिंग न्युज

गूठी सस्थानको अतिक्रमित जग्गा संरक्षण गर्न कठोर बन्न मन्त्री अधिकारीको निर्देशन



जनकपुर २७ माघ । गूठी सस्थानको अतिक्रमित जग्गा संरक्षन गर्न ३ तहका सरकारले समन्वयात्मक पहल आबश्यक रहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताउनु भेको छ । उहाले जनकपुर (महोत्तरी गरी दुइ जिल्लामा रहेका मटियानी गूठी ,जलेश्वर ,रत्नसागर,बेलाकुटि,रामजानकी गूठीको अतिक्रमित जग्गा निरीक्षण पश्चात काठमाडौं फर्कने क्रममा जनकपुरमा पत्रकारले सोधेको प्रश्नमा उत्तर दिदै यस्तो बताउनु भएको हो । गौशाला नगर पालिका ४ महोत्तरीमा गूठी सस्थान नेपालको ५१ बिगाहा जमिन मध्य करिब १२ बिगाह बढी जमिन अतिक्रमण भएको बिशयमा अतिक्रमण मुक्त गर्ने प्रक्रियाका बारेमा भुमि ब्यबस्था मन्त्री।बलराम अधिकारीले त्यहाँका मेयर दिपेन्द्र महतोलाइ गूठी सङ समन्वय गरेर काम गर्न आग्रह गर्नु भयो । गूठीको १०००औ बिगाह जग्गा अनधिकृत अतिक्रमणमा परेको समाचार आएपछि स्थलगत निरीक्षणमा नेपाल सरकारका भुमि ब्यबस्था मन्त्री मा। बलराम अधिकारी सहित गूठी सस्थानको टोलि शुक्रबार साझ जनकपुर पुगेको थियो । टोलिले शनिबार दिनभर विभिन्न गूठीका अतिक्रम नमा परेका जग्गाको निरीक्षन गरेको थियो । मन्त्री अधिकारीले अतिक्रमन सुन्य हुने गरी नियन्त्रन गर्न गूठीका पदाधिकारी र प्रशासकलाइ निर्देशन समेत दिनु भएको छ । मन्त्री अधिकारी गूठीका बोर्ड सदस्य दिपक कुमार पाठक , गूठी प्रशासक शैलेश कुमार बस्नेत , प्रमुख स्वकीय सचीव भेषराज पाण्डे सहितको ७ सदस्यीय टोलिका साथ अनुगमन निरीक्षनमा निस्कनु भएको थियो ।यसै बिच जेठो गोठका रूपमा परिचित रहेको गौशालास्थित निगौल गाई गौशाला असुरक्षित बन्दै गइरहेको मन्त्री अधिकारीले बताउनु भएको छ। । शनिबार निगौल गाई गौशालाको अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री अधिकारीले राष्ट्रिय सहकारी विकास बोर्डको मातहतमा रही सञ्चालनमा रहेको संस्था आगामी दिनमा असुरक्षित हुनु नदिने बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नु भयो , ‘यहाँको जग्गा अतिक्रमित भइरहेको छ। गाईहरू असुरक्षित छन्। संस्थालाई रेखदेख गर्ने कोही पनि भएन। संस्था नै अस्तव्यस्त भइसकेको छ। यसलाई नयाँ सोचका साथ सञ्चालन गर्नुपर्ने जरुरी देखिन्छ।सरकारले अब चाँडै नै विधि बनाई यस संस्थालाई उपयुक्त हुने निकायलाई हस्तान्तरण गर्नुपर्ने मन्त्री अधिकारीले धारणा राख्नु भयो । यस संस्थाको मातहतमा रहेको अतिक्रमित जग्गालाई समयमै लिनुपर्ने मन्त्रीले अधिकारीले जोड दिनु भयो ।

प्रकाशित : २७ माघ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६