विराटनगर २४ फागुन । भुमी व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीले मालपोत र नापीका संरचना ठिकै छन अब कर्मचारीले सस्कार , नियत ,व्यबहार र आचरण सुधार्नु आबश्यक छ भन्नुभएको छ ।भुमि व्यवस्थापनको क्षेत्रमा देखा परेका गुनासाको सम्बोधन बेरुजु फर्छौट, अभिलेख व्यवस्थापन, शुशासन प्रर्वद्धन, सेवा प्रवाह र फैसला कार्यान्वयनको समिक्षा गर्न विराटनगरमा भएको २ दिने कार्याशाला समापन गर्दै यस्तो बताउनु भएको हो । कार्याशाला समापनमा मालपोत र नापी कार्यालयमा जनता सेवाको वरिपरि घुम्ने गरेको भन्दै गुणस्तरीय सेवा जनताको वरिपरि घुम्नु पर्ने मन्त्री अधिकारीले बताउनु भयो । उहाले मालपोत र नापीका ५२ कार्यलयका प्रमुखलाई निर्देशन दिदै जनतामाथि शासन गर्ने होइन सेवा दिएर शासन गर्न सक्षम तुल्याउन आग्रह गर्नुभयो।
भुमी व्यवस्था कार्यालयका सचिव अर्जुन पोख्रेलले प्राविधि मैत्री कार्यलय बनाउने गरि दरबन्दी कटौती गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाले मालपोत नापीका प्रमुखले आफनो मातहतलाई गुनासा रहित तुल्याउन, सेवा प्रवाहमा पुर्ण रुपमा शुसासन र पारदर्शीता अपनाउन निर्देशन दिनुभयो । कोशि प्रदेशका सबै कार्यलय प्रमुख सहभागी रहेकोे कार्यक्रममा ४ बिशयमा विशेषज्ञले प्रशिक्षण दिनु भएको थियो ।त्यसरी प्रशिक्षण दिनेमा मन्त्रालयका सहसचिव मदन कोइराला कानुन उपसचिव महेन्द्र शाखि प्रशासनका उपसचिव कृष्ण भण्डारी लेखा अधिकृत टि पी भणडारी रहनु भएको थियो । कार्यक्रममा मन्त्रालयका विभिन्न शाखा प्रमुख सहित मन्त्रीका प्रमुख स्वकिय सचिव भेषराज पाण्डे समेतकाे उपस्थिती रहेको थियो ।
२४ फाल्गुन २०८१, शनिबार
प्रतिक्रिया