ब्रेकिंग न्युज

पाकिस्तान: रेल सहितको ४५० यात्रु अपहरणमा




काठमाडौं २७ फागुन । पाकिस्तानमा बलुच लिबरेशन आर्मी ९बीएलए०ले एउटा रेल अपहरण गरेको छ ।रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ ।
पाकिस्तानी पत्रिका द डनले बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै यो रिपोर्ट गरेको छ । “क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेह्रो कुन्री र गदलरबीच भारी गोलीबारी भएको रिपोर्ट आएको छ,” शाहिदले भने ।
यसबीच बीएलएले भनेको छ, “हाम्रा लडाकुहरूले मश्काफ, धादर र बोलनमा यो अपरेशनको योजना बनाएका छन् । रेलवे ट्रयाक उडाइएको छ, जसका कारण जाफर एक्सप्रेस रोकिएको छ । यसपछि हाम्रा लडाकुहरूले यो रेल कब्जा गरे र यात्रुहरूलाई बन्धक बनाए ।”
केही समय अगाडि मात्र बीएलएले पाकिस्तान र चीनविरुद्ध हमलाको चेतावनी दिएको थियो ।दुई दिन अगाडि मात्र अमेरिकाले पाकिस्तानमा यात्रा नगर्न भन्दै आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको थियो ।उसले आफ्नो एडभाइजरीमा पाकिस्तानमा आतङ्कवादी र सैन्य हमला हुनसक्ने चेतावनी दिएको थियो । अमेरिकाले बलुचिस्तान क्षेत्रमा यात्रा नगर्न सुझाएको थियो ।
यसअघि नोभेम्बर १४ मा क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । ५० भन्दा बढी व्यक्ति घाइते भए । त्यतिबेला पनि आतङ्कवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको थियो ।यसअघि, २५ र २६ अगस्ट २०२४ को रातमा, बलुच लिबरेशन आर्मी (द्यीब्) कोलपुर र माचबीचको पुल उडाएर ध्वस्त पारेको थियो । त्यसपछि रेल सेवा बन्द भयो । रेल सेवा ११ अक्टोबर २०२४ देखि पुनः सुरु भयो ।
फेब्रुअरी १६, २०२३ मा पनि जाफर एक्सप्रेसमा विस्फोट भएको थियो, जसमा २ जनाको मृत्यु भएको थियो । रेल चिचावतनी रेलवे स्टेसन पार गर्ने क्रममा विस्फोट भएको थियो । आक्रमणको जिम्मेवारी तहरीक(ए(तालिबान पाकिस्तान (टीटीपी)ले लिएको छ ।

प्रकाशित : २७ फाल्गुन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६