काठमाडौं ३ मंसीर – महाधिवेशन हुने सुनिश्चित भएसँगै गत शुक्रबार नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल पक्ष) को बैठक बोलाइएको थियो। बैठक बोलाउनुको मुख्य उद्देश्य आफ्नो पक्षबाट आसन्न महाधिवेशनमा सभापतिमा एकल उम्मेदवार चयन गर्नु थियो। नेता अर्जुननरसिंह केसीले संयोजन गरेको बैठकमा सभापतिको दाबी गर्नेमध्येकै एक नेता प्रकाशमान सिंह उपस्थित भएनन्। उनी सहभागी नभएपछि गत महाधिवेशनयता रामचन्द्र…