विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उत्तरी गाजामा भोकबाट बालबालिकाहरूको ज्यान गइरहेको बताएको छ । आफ्नो टोलीको भ्रमणका क्रममा उत्तरी गाजामा खानेकुराको कमी पाएको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । यही हप्ता उत्तरी गाजाको दुई वटा अस्पताल– अल अवदा र कमल अदवानमा भ्रमणका क्रममा डब्ल्यूएचओको टोलीले खानेकुराको कमीका कारण कम्तीमा १० जना बालबालिकाको ज्यान…