सुदूरपश्चिम

ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार



काठमाण्डौँ २३ पुष ।प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्।प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको छ।रावल नेकपा प्रचण्ड-नेपाल पक्षमा छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ।सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ।

‘पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्नु हुने भएकोमा उक्त कार्यक्रमलाई सानदार रूपमा सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन्।थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिससमेत गरिएको छ।‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ थापाले फेसबुकमा लेखेका छन्।

प्रकाशित : २३ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६