अन्तर्वार्ता

जनयुद्धको अवसरमा पत्रकारको चियापान



कपिलवस्तु २ फागुन । २६ औं जनयुद्ध दिवशको अवसर पारेर कपिलवस्तुको तौलिहवामा शुभकामना तथा चियापानको आयोजना गरिएको छ । प्रेस संगठन नेपाल कपिलवस्तुको आयोजनामा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा कार्यालयको भवनमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै नेकपा (प्रचण्ड–माधव) समुहका जिल्ला सचिव रामचन्द्र शाह (बिष्णु) ले संसद बिगठन जस्तो असंबैधानिक कार्य गरेर केपी ओली नेतृत्वको सरकारले जनयुद्धको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र माथी धावा बोलेको बताए । ओलीको प्रतिगमनकारी कार्यको बिरोधमा अग्रगमनका पक्षधर शक्ति एक ठाँउमा उभिनु पर्नेमा उनले जोड दिए । काँग्रेस, जसपा, जनमोर्चा लगायतका शक्तिलाई संयुक्त आन्दोलनका लागी उनले कार्यक्रम बाटै आव्हान गरे । 

जनयुद्धकै जगमा भएको आन्दोलनको कारण नागरिकले गणतन्त्र र संबिधान प्राप्त गरेको स्मरण गराउदै प्राप्त उपलब्धीको रक्षाका लागी प्रतिगामी कदम बिरुद्ध सञ्चारक्षेत्रको कलम चल्नु पर्नेमा संगठनका जिल्ला संयोजक डिलाराम भुसालले जोड दिए । कार्यक्रममा संगठनका सहसंयोजक हरि अधिकारी, पार्टी प्रचार बिभागका सहसंयोजक बसन्त गिरी, संगठनका केन्द्रिय सदस्य मनिष कार्की, प्रदेश सदस्य अर्जुन बेल्बासे र प्रेस युनियनका जिल्ला सभापति गोपाल भण्डारी लगायतले शुभकामना दिएका थिए । 

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६