अन्तर्वार्ता

नेपाल प्रहरीमा गृहमन्त्री बालकृष्ण खाँणको आतंक बढेपछि हस्तक्षेप : शेरबहादुर देउवा



काठमाडौं १२ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीमा गृहमन्त्री बालकृष्ण खाँणको आतंक बढेपछि हस्तक्षेप गर्नुभएको छ । सचिवालय र पत्नीमार्फत प्रहरीमा मोलमोलाई र उठती अभियान चलाउनु भएका गृहमन्त्री खाँणले काममा अब्बल अधिकृतलाई नै कालापानी खेदाउने अभियान चलाएपछि प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नुभएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गृहमन्त्रीले प्रहरीमा आतंक नै मच्चाएको र सवै मुल्यांकणको आधार आर्थिक असुली बनाएको पाइएपछि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुभएको हो । बालुवाटार स्रोतका अनुसार अब्बल प्रहरी लखेटने अभियान हुन नहुने भन्दै प्रधानमन्त्री देउवाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको सरूवा रोक्नुभएको छ । गृहमन्त्री खाणले मंगलबार राति सिंहलाई भैरहवा विमानस्थलमा काज खटाउने निर्णय गर्नुभएको थियो । उहाँको निर्णय जानकारी पाएलगत्तै राती नै प्रधानमन्त्री देउवाले खाणको निर्णय उल्ट्याइदिनु भएको हो ।

खाणले सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गर्नुभएको थियो । एसएसपी गिरी अब्बल अधिकृत नै भए पनि एसएसपी सिंह काममा उत्कृष्ट रहेको कारण प्रधानमन्त्रीले गृहमन्त्रीका निर्णय बदर गरिदिनु भएको हो । स्रोतका अनुसार राम्रो काम गर्दागर्दै केही तस्करको योजनामा परेर एक वर्ष अवधि नपुग्दै हटाउने निर्णय गृहमन्त्रीले लिएपछि प्रधानमन्त्री देउवा आक्रोशित बन्नुभएको हो ।

सिंहले राम्रो काम गर्दागर्दै पनि अवधि नपुग्दै आफ्नो सरूवा गर्न खोजिएको बताउँदै प्रधानमन्त्रीलाई गुनासो गर्नुभएको स्रोतले बतायो ।
काठमाडौंमा ११ महिनासम्म रहँदा एसएसपी सिंह विवादरहित हुनुहुन्छ । उहाँमाथि तस्करबाहेक कसैले पनि आरोप लगाउने सकेको छैन । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले समेत उहाँमाथि कुनै ‘चार्ज’ लगाएको छैन । तर गृहमन्त्रीले एक्कासी हटाएपछि सुदुरपश्चिम नै घर भएका एसएसपी सिंहर महानगरीय प्रहरी आयुक्त एआइजी हरिबहादुर पालले प्रधानमन्त्रीलाई गुनासो गरेको र सो कुरा तत्काल सुनुवाई भएको प्रहरी स्रोतको भनाई छ ।

प्रहरीमा गृहमन्त्रीकै कारण बिद्रोहको अवस्था आउने सूचना पाएप्छि प्रधानमन्त्री देउवा गम्भीर बन्नुभएको बालुवाटारस्रोतले जनताटाइम्स डटकमलाई बतायो । प्रधानमन्त्री देउवाले काठमाडौंको एसएसपी सरुवा प्रकरण रोकेर गृहमन्त्रीलाई बढता नहुन निर्देशनसमेत दिनुभएको स्रोतको भनाई छ । एक बर्ष नपुग्दै सरुवा गरेर अपमानित र असक्षम सावित गर्न खोजेको भन्दै प्रधानमन्त्री देउवासँग गुनासो पुगेपछि सुरुमा देउवाले गृहमन्त्रीलाई फोन गरी ‘ओइ बालकृष्ण ! यो के गरेको ?’ भन्दै प्रश्न सोध्नुभएको थियो । तर जसरी पनि सरुवाको निर्णय लागू हुने बताएपछि प्रधानमन्त्रीले ‘बढता हुने हैन, निर्णय बदर भयो’ भन्द्र फोन राख्नुभएको स्रोतको भनाई छ ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६