कोशी

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत।



 काठमाण्डौ  मंसिर १


प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज बुधवारको बैठमा मुख्यमन्त्री राईले विश्वासको मत पाउनुभएको हो । प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत प्राप्त गर्नुभएको छ । ७९ मत खसेकोमा राईको विपक्षमा २९ मत परेको छ । एमालेका १० जना सांसद आजको बैठकमा उपस्थित भएनन् । ९३ सदस्य रहेको प्रदेश सभामा अहिले कायम सङ्ख्या ९२ छ ।तत्कालीन मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कात्तिक १६ गते प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।विश्वासको मत लिएपछि अब प्रदेश १ को मन्त्रिमण्डल विस्तार गर्ने राईको तयारी छ । भागबन्डा मिलाउनका लागि केही मन्त्रालय फुटाएर मन्त्री सङ्ख्या बढाउने तयारी रहेको मुख्यमन्त्री राईले यसअघि नै बताइसक्नुभएको छ । 

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६