प्रदेश

कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध



धनगढी, १२ मंसिर। कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका डोकेबजार नजिकै सुपप्र ०१ ००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकको ठक्करबाट घोडाघोडी १ बेलारका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक रहेका शर्माको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

यसैबीच मृतकका आफन्तले घोडाघोडी नगरपालिकाको सुखडमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका उनीहरूले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६