प्रदेश

एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने



काठमाण्डौ ५ साउन –
अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक हप्ता फोहर व्यवस्थापनको काम नहुने भएको हो ।
सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाण्डौ महानगरलाई केही दिन फोहरको गाडी नपठाउन आग्रह गरेको थियो । आजदेखि काठमाण्डौ उपत्यकाको १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम रोकिने काठमाण्डौ महानगर वातावरण विभाग प्रमुख सरीता राईले जानकारी दिनुभयो ।
बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । महानगरपालिकाले आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि आग्रह गरेको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६