कोशी

प्रदेश–१ को नामाकरणमा अन्योलमै



काठमाण्डौ ९ साउन – दलहरुबीच सहमति हुन नसक्दा प्रदेश–१ को नामाकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामाकरण हुने सम्भावना कम देखिएको छ ।
दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् । ७ मध्ये ६ प्रदेशले आफ्नो नामाकरण गरिसकेका छन् । प्रदेश–१ को मात्र नामाकरण हुन बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामाकरण भने हुन सकेको थिएन ।
प्रदेशको नाम टुङ्ग्याउन भन्दै गएको शुक्रवार प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर, दलहरु आआफ्नै अडानमा रहेपछि सहमति हुन सकेन । प्रदेश–१ मा कोशी, किराँत, कोशी–किराँत, सगरमाथा, किराँत÷लिम्बुवान, शेर्पालुङ÷मधेस, विराट, विजयपुर, सप्तकोशी र लिम्बुवान/खम्बुवान लगायतका नाम चर्चामा छन् । एकीकृत समाजवादीले किराँत प्रदेशको प्रस्ताव गरेको छ । माओेवादी केन्द्र पनि एकल पहिचानको पक्षमा छ । नेपाली कांग्रेसले सप्तकोशी र नेकपा एमाले कोशी नाम प्रस्ताव गरेको छ ।
प्रदेशको नामाकरणका लागि दुई तिहाइ बहुमत अर्थात ६२ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश–१ मा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र राप्रपा तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ गरी ९३ जना सांसद छन् ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६